प्रदेश राजधानीको बिरोध गर्दै रामपुरमा कांग्रेसद्धारा ¥याली

0
516

सुशीला रेग्मी

असोज २०,२०७७ पाल्पा : प्रदेश पाँच सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेलगत्तै विभिन्न स्थानमा बिरोध प्रदर्शन भइरहेका छन् ।

प्रतिपक्ष दल नेपाली काँग्रेसको नेतृत्वमा ठाउँ–ठाउँमा विरोध प्रदर्शन भएका हुन् । पाल्पाको रामपुर नगरपालिकामा नेपाली काँग्रेस र तरुणलले सोमवार सांकेतिक रुपमा बिरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले प्रदेशको राजधानी सार्न नपाइने, पायक पर्ने स्थान गण्डकी प्रदेशमा पूर्वी क्षेत्रलाई समायोजन गर्न दबाब दिदै ¥यालीमा निस्कनेका थिए ।
बेझाड बजार पार्टी कार्यालयबाट ¥याली सुरु भई बेझाड बजारको प्रहरी बिट, बाङ्गेपसल सडक, ईलाका प्रशासन, प्रहरी कार्यालय, हुदै पुनः बेझाड बजार चोकमा पुगेर कोण सभामा ¥याली परिणत भएको थियो ।

कोण सभामा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकाल, जिल्ला कार्य समिति सदस्य उमानाथ अर्याल, क्षेत्र नं १ क का प्रदेश सभापति सूर्य पोखरेल, नेपाल तरुण दल जिल्ला सह सचिव कुमार खाँण, तरुण दल नगर सभापति शंकर खाँण लगायतले बोल्दै प्रदेश राजधानी दाङ सारेकोमा बिरोध गर्दै पुनः निर्णय सच्याउन माग गरे । नगर सभापति नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा भएको कोण सभाको संचालन सचिव चिरन्जीवी सिग्देलले गरेका थिए ।

 


यसैगरी प्रदेश राजधानीको बिरोध गर्दै नेपाली कांग्रेस रामपुर नगर र नेपाल तरुण दल रामपुरले ईलाका प्रशासन कार्यालयका प्रमुख अशोककुमार आचार्यलाई ज्ञापन पत्र बुझाइएको छ ।

यसैगरी पाल्पाको तानसेनमा पनि बिरोध भएको छ । पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली आन्दोलन चोक, भिमसेन टोल, नारायणस्थान हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगी कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला उपसभापति देवराज ढकालले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत प्रतिपक्ष दलसँग छलफल नै नगरी जनभावना विपरी प्रस्ताव ल्याउनु गलत भएको बताउनुभयो । उहाँले विगतको सरकारले टुङ्गो लगाई सकेको राजधानीका विषयमा प्रदेशका जनतालाई द्वन्द्वमा फसाउने यो प्रदेश सरकारको निर्णय निन्दनीय रहेको बताए ।

SHARE