
असोज १९,२०७७ झापाः झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ।
८२ वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताए।
दमका रोगी उनलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो।






