प्रदेश ५ को नाम र राजधानीका लागि नेकपाको ह्वीप

0
445

असोज १९, २०७७ रुपन्देही : नेकपा प्रदेश ५ संसदीय दलको बैठकले प्रदेश सरकारले ल्याएको राजधानी र नामसम्बन्धी प्रस्ताव पास गराउनका लागि सांसदहरुलाई ह्वीप जारी गरेको छ।

मंगलवार बिहान ७ बजेका लागि सर्वदलीय बैठक बोलाइएको भएपनि ढिलो गरी सुरु भएको थियो। मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको प्रदेश ५ इन्चार्जको हैसियतले सांसदहरुलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि मतदान गर्न निर्देशन दिएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले बताए।

SHARE