गण्डकीमा २७ जना कोरोना सङ्क्रमित थप

0
406

असोज १९, २०७७ कास्की : गण्डकी प्रदेशमा सोमबार बिहान थप २७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या चार हजार २०२ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा २ जिल्लाका ती व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ।

SHARE