मोबाइल ब्यालेन्सबाटै सामान किन्न सकिने

0
432

असोज १९,२०७७ काठमाडौं :  पुस देखी समान किन्दा पैसा बोक्नु नपर्ने भएको छ ।
सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले मोबाइलको ब्यालेन्स प्रयोग गरी सामान खरिदको भुक्तानी गर्न सकिने सुविधा ल्याउने भएको छ ।
यसका लागी आवश्यक हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव शुक्रबार खोलिएको टेलिकमले जनाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार पुस महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी कम्पनीले तयारी अघि बढाएको छ ।

साउन २० गते टेलिकमले मोबाइल मनी सेवा सञ्चालनमा ल्याउन असोज २ गतेसम्मको समय अवधि दिएर अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको थियो । जसमा भारतका तीन कम्पनी सिक्सडी, कमभिभा, वान नाइन्टी सेभेन, अमेरिकी कम्पनी पानाम्याक्स र सिमलेस कम्पनी र चिनियाँ कम्पनी सेन्जेन किङ्डम रहेको स्रोतले जानकारी दिएको छ ।
उनिहरुले आर्थिक प्रस्ताव खोलिएको शुक्रबार खोलिएको हो ।अब यसैका आधारमा ती कम्पनीहरुले हालेको प्राविधिक प्रस्ताव खोलिने छ । प्राविधिक प्रस्तावको मूल्यांकनपछि ठेक्काको नतिजा सार्वजनिक हुनेछ । यसका लागि बढीमा १० दिन लाग्न सक्नेछ।

सम्झौता भएको मितिले ३ महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी सम्झौता हुनेछ । यसअघि भुक्तानी सेवा सुरु गर्न नेपाल राष्ट्र बैंकले दिएको अनुमति अनुसार पनि टेलिकमले माघको पहिलो हप्ताभित्र सेवा सञ्चालनमा ल्याइसक्नु पर्नेछ ।

राष्ट्र बैंकले साउन पहिलो साता टेलिकमलाई ६ महिनाभित्र मोबाइल मनी सेवा सुरु गर्ने गरी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको थियो ।

SHARE