काभ्रेमा कोरोनाबाट एक पुरुषको मृत्यु

0
446

असोज १८, २०७७ काभ्रे : काभ्रेमा कोरोना भाइरस संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ।

धुलिखेल अस्पतालमा बनेपा नगरपालिका–१३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्रकुमार झाका अनुसार आइतबार थप एक जनाको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

SHARE