सुर्खेतमा एकजना संक्रमित महिलाको मृत्यु

0
387

असोज १८, २०७७ काठमाडौं :  सुर्खेतमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भेरीगंगा नगरपालिका–६ सुर्खेतका ७२ वर्षीया महिलाको कर्णाली प्रदेश अस्पतालमा शनिबार मृत्यु भएको हो। अर्धअचेत अवस्थामा शुक्रबार उपचारको लागि प्रदेश अस्पताल ल्याएको उनको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए।

SHARE