कांग्रेस नेता गगन थापालाई पनि कोरोना पुष्टि

0
467
फाइल फोटो

असोज १७, २०७७ काठमाडौं : नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई पनि कोरोना संक्रमण भएको छ।

यही असोज १९ गतेदेखि बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणबाट उनमा शनिबार कोरोना पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भए पनि उनमा कुनै पनि लक्षण देखिएको छैन।
यसअघि उनका ससुरासमेत रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना पुष्टि भएको थियो।

SHARE