नेपालगन्जमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

0
486

असोज १७, २०७७ बाँके : कोरोना संक्रमणबाट बाँकेमा थप एक पुरुषको मृत्यु भएको छ।
बाँसी गाउँपालिका–९, दैलेख घर भई १९ बर्षदेखि नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुर बस्दै आएका ६० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुकी मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत् ती पुरुषको शनिबार बेलुकी ५ः५६ बजे मृत्यु भएको श्रेष्ठले बताए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहीबार भेरी अस्पताल ल्याइएको थियो ।

SHARE