म परदेशी दशै गीत सार्वजनिक

0
721

असोज १७,२०७७ गुल्मी :  हिन्दु नेपालीहरुको महान चाड दशैं नजिकिएको छ । टाढाटाढा रहेका आफन्त घर फर्कनुपर्नेमा रोजगारीका लागि परदेश पसेको छोरा नफर्केपछि एकतिर घरमा आमा रुने र अर्कोतिर छोरा, यो धेरै नेपालीहरुको बाध्यता हो ।

यही बाध्यतालाई गीती लयमा उनेर कलाकार नारायण घर्तिले दँशैमा घर फर्कन नपाएका परदेशीहरुको कथा व्यथा समेटिएको गीत म परदेशी सार्वजनिक गरेका छन् ।

परदेशबाट छोरो आउने आशामा बसेकी आमालाई आउन सकिन, बाटो नहेर्नु भनेर आमालाई सन्देश पठाइएको विषयमा गीतमा समेटिएको छ ।
नारायण घर्तीको शब्द रचना र स्वर रहेको गीतमा गोबिन्द न्यौपानेको लय रामचन्द्र चन्दको सङीत संयोजन रहेको छ।
परदेशिएको छोराको भूमिकामा पछिल्लो समयका भाइरल अर्जुन बि।क। र आमाको भूमिकामा चर्चित कलाकार रमा थपलियाको जीवन्त अभिनय रहेको सो गीतको म्युजिक भिडियोमा स्मृति तिमिल्सिनाको निर्देशन अनि सुरेस श्रेष्ठको छायांकन रहेको छ ।

आज्ञा क्रिएसनमार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियो रामचन्द्र चन्दको युट्युव च्यानलबाट सोमबार बिहान सार्वजनिक भएपछि दर्शकले निकै राम्रो प्रतिकृया दिएका छन् ।

SHARE