असोज १७, २०७७ विराटनगर : विराटनगरकी कोरोना संक्रमित ६८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको केन्द्रका संयोजक डा। दिपक सिग्देलले जानकारी दिए।
ती महिलाको उपचारका क्रममा शनिबार बिहान २ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्।