नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

0
449

असोज १६, २०७७ काठमाडौं :  नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यू भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर ११ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन्।
योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ। देशभर पछिल्लो २४ घण्टामा २ हजार ७ सय २२ कोरोना संक्रमित थपिएका छन्।

SHARE