ट्रम्पकी पत्नीलाई कोरोना स‌ंक्रमण

0
519

असोज १६, २०७७ :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानिया ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको छ।

ट्रम्प पत्नीलाई कोरोना पोजेटिभ आएको राष्ट्रपति ट्रम्पले ट्वीटर मार्फत सार्वजनिक गरेका छन्। कोरोना पोजेटिभ आए पनि छिट्टै निको हुने ट्रम्पको जनाएका छन्।

यस अघि ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका थिए। चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए।

SHARE