नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९ पुग्यो

0
399

असोज १५, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस ९कोभिड—१९० बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ। आज थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार बाँकेमा ३४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ। यस्तै काठमाडौं उपत्यकामा चार जना संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरमा ४८ वर्षीय र ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै सुनसरी र रुपन्देहीमा तीन(तीन जनाको मृत्यु भएको छ। सुनसरीमा ५६, ५० र २७ वर्षीय पुरुषको मृत्यु भएको छ। रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

SHARE