आज नेपालमा थपिए १९ सय ११ कोरोना संक्रमित,

0
459

असोज १५, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टायता देशभर १ हजार ९ सय ११ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार आज देशभरबाट ९ सय ६१ संक्रमित डिस्चार्ज भएका छन्। त्यस्तै आजको पिसिआर १२ हजार ४ सय ४४ रहेको पनि उनले बताए। पछिल्ला दिनभर बढिरहेका छन्।

सरकारले देशव्यापी लकडाउन र निषेधाज्ञा लागू गरे पनि कोरोना संक्रमित संख्या भने घट्नुको साटो बढिरहेको छ। सरकारले संक्रिय संक्रमित संख्या बढ्दै गए देशमा फेरि लकडाउन गर्ने बताएको छ।

SHARE