असोज १५, २०७७ दैलेख : कर्मचारीमा कोरोना पुष्टि भएपछि दैलेखको गुराँस गाउँ कार्यपालिकालाई एक हप्ताका लागि सिल गरिएको छ।
गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै जनाएको हो। कोरोना संक्रमण बढ्दै गएको र यसै क्रममा यस गाउँपालिका केही कर्मचारीमा कोरोना देखिएकाले यस कार्यालयको असोज १५ गतेको निर्णयअनुसार असोज १६ देखि २२ सम्म गाउँपालिका कार्यालय बन्द गरिएको सूचनामा उल्लेख छ।