बाँकेको खजुरामा वातानुकुलित कुखुरा खोर सञ्चालन

0
465

असोज १५,२०७७ बाँके : कुखुरा विकास फर्म खजुराले वातानुकुलित अत्याधुनिक कुखुरा खोर बुधबारबाट सञ्चालनमा ल्याएको छ ।

कुखुरा विकास फर्म खजुराको परिसरमा नवनिर्मित अत्याधुनिक खोरको ५ नम्बर प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक समारोहकाविच उद्घाटन गरिन ।

वातानुकुलित खोरको उद्घाटन गर्दै मन्त्री पौडेलले अत्याधिक गर्मी हुने ठाउँमा कुखुराको विकासका लागि यो खोर नमूनायोग्य रहेको बताइन्। उनले कृषिको विकास प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको जनाउँदै कृषिको विकासबाटै आर्थिक समृद्धि सम्भव भएको दाबी गरिन् ।

कोभिड १९ का कारण देशको अर्थतन्त्र सबैभन्दा बढी प्रभावित भएको जनाउँदै उहाँले कोभिडको मारबाट मुलुकलाई माथि उकास्न कृषिको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

कृषिको विकासका लागि कृषि अनुसन्धान परिषदसँग मिलेर काम गर्ने गरी छलफल अघि बढेको मन्त्री पौडलले बताउनुभयो ।
खजुरा विकास फर्मका प्रबन्धक डा।शंकर न्यौपानेले बाँके जिल्ला देशकै अत्याधिक गर्मी हुने ठाउँ भएकाले यस प्रकारको खोरले कुखुरा उत्पादन सहज हुने बताइन् ।

उनले यहाँ चैत बैशाखमा अत्यन्त गर्मी हुनुका साथै आद्र्रता पनि कम हुने र साउन भदौमा गर्मीसँगै आद्र्रता पनि बढी हुने हुँदा कुखुरा हुर्काउन अप्ठेरो परिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारबाट वातानुकुलित उपलब्ध बजेटमा खोर निर्माण गरिएको बताइन् ।

SHARE