असोज १५, २०७७ बाँके : कोरोना संक्रमणका कारण बाँकेमा थप २ जनाको ज्यान गएको छ।
दुबै जनाको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्यु हुनेमा नेपालगन्जका ५२ वर्षका पुरुष र सुर्खेतका ७५ वर्षीया महिला छन्। योसँगै बाँकेका अस्पतालहरूमा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
जसमा बाँकेका १९ जना छन्। अन्य जिल्लाका ८ रहेका छन्