प्रदेश ५ को बन तथा वातावरण मन्त्रालयका कागजात अख्तियारमा

0
486

असोज १३,२०७७ रुपन्देही : काम नगरी कमिशनको प्रलोभनमा मिलेमतो गरी भुक्तानी दिएको ७५ लाख रकमको विषय विभिन्न संचार माध्यममा आएपछि प्रदेश ५को उद्योग वन पर्यटन एवम वाताबरण मन्त्रालयमा अख्तियार प्रबेश गरेको छ ।

अख्तियारको बुटवल स्थित कार्यलयले लेखामा रहेका सबै कागजात नियन्त्रणमा लिएर छानविन शुरु गरेकोछ । मन्त्रालयको लेखामा रहेका थ्रिडी भर्चुवल टुर गाईड एप्लिकेशन सम्वन्धी बिवादास्पद सबै कागजात अख्तियारले नियन्त्रणमा लिएको हो ।

प्रदेश ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले काम नै सम्पन्न नगरेको परामर्सदातालाई ७५ लाख रुपैयां भुक्तानी गरेको समाचार आईतवार समाचार सार्वजनिक भएको थियो ।
मन्त्रालयले काम नै नगरी रकम भुक्तानी गरेको समाचार सार्वजनिक भएपछि त्यस सम्वन्धी कागजातहरु अनुसन्धानका लागि नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
प्रदेश ५ भित्रका प्रमुख पर्यटकिय स्थलहरु, धार्मिक तथा ऐतिहासिक क्षेत्र, होटल, यातायात लगायतका क्षेत्रहरुलाई समेट्ने गरि थ्रिडी भर्चुवल टुर गाईड एप्लिकेशन निर्माण सम्वन्धी आवश्यक कागजात नियन्त्रणमा लिएका हौं भुसालले भने ।
मन्त्रालयको त्यस सम्वन्धी एप्स असार मसान्त भित्रै सम्पन्न गर्नुपर्ने भएपनि असार मसान्तमा बजेट फ्रिज हुन्छ भन्दै मन्त्रालयका तत्कालिन सचिव समेतको मिलोमतोमा काम सम्पन्न नै नगरी पिकासो ईन्फो डेभलपर्स सट्याक जेभीलाई ७५ लाख रुपैया भुक्तानी दिएको थियो ।

SHARE