बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

0
378

असोज १२, २०७७ बाँके : जाजरकोटकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ।

होम आइसोलेसनमा बसेकी जुनीचाँदेकी ७६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण सोमबार दिउँसो मृत्यु भएको हो। आइसोलेसनमा रहेका बेला स्वास्थ्य बिग्रिएपछि उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर ल्याउने क्रममा अस्पताल पुग्नै लाग्दा बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

SHARE