बाटो खनिरहेको डोजरलाई पहिरोले पुर्दा चालकको घटनास्थलमै मृत्यु

0
698

असोज १२, २०७७ प्युठान : प्युठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परेर डोजर चालकको मृत्यु भएको छ।

अर्घाखाँची शितगंगा ८ लाहापेका ४१ वर्षीय डोजर चालक नरसिंह बुढामगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्गअन्तर्गत माण्डवी गाउँपालिका(१ डाम्रिखोला नजिकै बाटो खनिरहेको बा२क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।

खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन डोजरबाट हामफालेका चालकलाई डोजरसँगै पहिरोले पुरेको र उनको घटनास्थलमै ज्यान गएको डिएसपी मल्लले जानकारी दिए।

SHARE