आज १४औं विश्व रेविजविरुद्धको दिवस

0
1057

असोज १२, २०७७ काठमाडौं :  आज १४औं विश्व रेविजविरुद्धको दिवस। नेपालमा पनि रेबिजबारे जनचेतनामुलक भर्चुअल कार्यक्रम गरी मनाइँदैछ।

सन् २०३० सम्ममा रेविज उन्मुलन गर्ने लक्ष्यका साथ विभिन्न जनचेतनामुलक कार्यक्रम विश्वभर हुँदै आएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सेप्टेम्बर २८ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। कोरोना महामारीको कारण कुनै औपचारिक कार्यक्रम भने राखिएको छैन।
दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले रेबिजविरुद्धको खोपमा जोड दिएको छ । यसको अन्त्य गर्न अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय स्तरमा सहकार्य निरन्तर जारी राख्नु पर्ने संगठनको भनाइ छ।
विश्वमा हरेक १५ मिनेटमा रेविजको कारण एक जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । संगठनका अनुसार मानिसमा लाग्ने रेविज मध्ये ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पछिल्लो समय कोरोनाको महामारीका कारण कुकुर, बाँदरलगायतले टोकेका बिरामी कम मात्रै अस्पताल आउने गरेको जनाएको छ।

लामो समय लकडाउन र निषेधाज्ञाका कारण मानिसहरु घरबाट बाहिर कम निस्किएकाले रेबिज सार्ने जनावरले कम टोकेको हुन सक्ने सरुवा रोग विशेषज्ञ डा। शेर बहादुर पुनले बताए।

SHARE