
असोज ११, २०७७ काठमाडौं : आज १ हजार पाँच सय ७३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङ प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार देशभरबाट यही समयमा ८ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन्।
यस्तै आज १० हजार १ सय २३पीसीआर परीक्षण भएको छ भने भने देशभर हाल १९ हजार १९ जना संक्रिय संक्रमित रहेका छन्।






