खोलाले बगाउँदा तीनजनाको मृत्यु

0
415

असोज १०, २०७७ हेटौंडा :  मकवानपुरका फरक फरक स्थानमा खोलाले बगाउँदा शनिबार ३ जनाको ज्यान गएको छ।

नुहाउने क्रममा खोलाले बगाउँदा वीरगंज घर भएकी हेटौंडा बस्ने १८ वर्षीया प्रियंका सोनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए।
शनिबार नै कैलाश गाउँपालिकामा खोलाले बगाएका एकजनाको शव फेला परेको छ। कैलाश गाउँपालिकास्थित विमिरे खोलाले बगाउँदा स्थानीय ३८ वर्षीय सोम सिङतान धावा लामा को मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार नै हेटौंडा–१९ मा पर्ने ज्यामिरे खोलामा महिलाको शव फेला परेको छ। आन्दाजी ४० ÷४५ वर्षीया एक महिलाको शव खोलामा फेला परेको हो। शवको पहिचान भइनसकेको प्रहरी प्रवक्ता रानाले बताए।

SHARE