विद्यालय राजनीति गर्ने ठाउँ नभएको भन्दै कांग्रेसलाई अदालत जान नेकपाको चेतावनी

0
469

सन्तोष महतारा
असोज ९,२०७७ गुल्मी  : नेपाल कम्युनिष्ट पार्टी इस्मा गाउँपालिकाले इस्माको सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा विरोध प्रर्दशन गरेको छ ।
विद्यालय जस्तो शैक्षिक क्षेत्रमा राजनितिक अखडा बनाएर नेपाली कांग्रेस इस्मा गाउँपालिकाले सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा तालाबन्दी गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी इस्मा गाउँपालिकाले शुक्रबार विरोध प्रर्दशन गरेको छ ।
नेकपा इस्माले त्यस विद्यालयका अभिभावक समेतको रोहवरमा विरोभ प्रर्दशन गरेको इस्मा नेकपा अध्यक्ष नारायण पैयानीले जानकारी दिए ।
सामुदायिक विद्यालय जस्तो शैक्षिक क्षेत्रको धरोहरमा राजनीतिक पाटीले तालावन्दी गर्न नपाइने भन्दै आफुहरुले विरोध प्रर्दशन गरेको नेपाल कम्युनिष्ट पाटी गुल्मीका सचिवालय सदस्य हिरा एसीले जानकारी दिए ।
सचिवालय सदस्य हिरा एसीले विद्यालयमा नियम विपरीत काम भएको भए नेपाली कांग्रेसलाई अदालत जाने बाटो खुल्ला रहेको भन्दै विद्यालयमा छिट्टै ताला खोल्न आग्रह समेत गरे ।

नेपाल कम्युनिष्ट पाटी गुल्मीका सचिवालय सदस्य एसीले केही दिन मै विद्यालयमा ताला नखोले आफुहरुले प्रशाासन र अभिभावकको रोहवरमा आफैले ताला खोल्ने समेत चेतावनी दिएको नेपाल कम्युनिष्ट पाटी इस्माले जनाएको छ ।
विद्यालयमा राजनिति गर्ने भन्दै अभिभावक शीर बहादुर कुवँरले आक्रोश व्यक्त गरेका थिए । विरोध प्रर्दशन कार्यक्रममा नेकपा इस्मा नेपाल कम्युनिष्ट पाटी गुल्मीका सचिवालय सदस्य एसी , विद्यार्थी नेता राजेन्द्र बिक्रम कुवँर , नेकपा इस्मा अध्यक्ष नाराय पैयानी , वडा नम्बर ३ का वडाध्यक्ष तोयनाथ सापकोटा लगायत अभिभावक तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

यसअघि नेपाली कांग्रेस इस्माले आफैले बनाएको शिक्षा नियावली विपरित इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिस्टले आफ्नी बुहारी प्रधानाध्यापक बनाउन लागेको भन्दै सुन्तलनदेवी निम्न माध्यमिक विद्यालयमा तालावन्दी गरेको थियो ।

SHARE