
असोज ९ ,२०७७ अर्घाखाँची : अर्घाखाँची सितगङ्गा नगरपालिका वाड नम्बर १२ कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा १७ घर सुख्खा पहिराले बगाएको छ । ९९ घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।


पहिरोका कारण थप घर गोठमा जोखिम रहेको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।
मानविय क्षति नभएपनि नगद,जिन्सि,अन्नपात,पशु चौपायमा क्षति पुगेको बुढाथोकीले बताए ।
घरगोठ बग्ने क्रम नरोकिएको प्रहरीले जनाउको छ ।