बाँकेमा संक्रमणका कारण थप एकको मृत्यु

0
336

असोज ९,२०७७ बाँके : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रवार बिहान उपचारकै क्रममा नेपालगन्जका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका ५२ वर्षीय एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार बिहान २ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज ५ गते राति ११ बजे उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको र कोरोनाको आशंकामा ६ गते बिहान पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको थियो ।

सोही दिन दिउँसो आएको कोरोना परीक्षणको नतिजामा उनलाई पोजेटिभ देखिएको र उपचारकै क्रममा शुक्रबार बिहान २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको स्वास्थ्य कार्यालयद्वारा जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।

SHARE