स्याङ्जाको पहिरो मा परि एकै परिवारका नौ जनाको मृत्यु

0
398

असोज ८, २०७७ स्याङजा : स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा पहिरोले एउटा घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ। एक जनाको जिवितै उद्धार गरिएको छ।

मृत्यु हुनेहरुमा ६० वर्षिया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षी दिपक नेपाली, २८ वर्षीया उमाकला नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १४ वर्षीय विक्रम नेपाली, १६ वर्षीया विनिता नेपाली, ९ वर्षीय दिवस नेपाली र ७ महिने शिशु रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार मनिषा नेपालीको उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको छ। राति सुतिरहेका बेला आएको पहिरोले परिवारै सखाप पारेको हो।

यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीय विष्णु परियार रहेका छन्।

SHARE