काभ्रेमा कोरोनाबाट महिलाको मृत्यु

0
436

असोज ६, २०७७ काभ्रे : कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटको एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ।
योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो। पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए।
झाका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन्।

SHARE