
असोज ४, २०७७ काठमाडौं : कोरोना भाइरससंक्रमणबाट पहिलो पटक नेपाली सेनाको मृत्यु भएको छ।
रामेछाप घर भइ काठमाडौंको एक गुल्ममा कार्यरत ३४ वर्षीय सेनाका जवानको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायकरथि सन्तोषबल्लभ पौडेलले बताए।
गत भदौ ३१ गते मृत्यु भएका उनको असोज १ गते पिसिआर पोजेटिभ आएको उनले बताए। ती जवानको स्वास्थ्य निर्देशिका अनुसार अन्त्येष्टि गरिएको प्रवक्ता पौडेलले बताए।
लामो समयदेखि रक्त क्यान्सरका विरामी उनलाई उपचारकै क्रममा संक्रमण पुष्टि भएको थियो।






