बाँकेमा कोरोना संक्रमितको निधन

0
327

असोज ४, २०७७ बाँके : बाँकेमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ।
उनको अस्पतालमा गएराति साढे ११ बजे निधन भएको हो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

SHARE