असोज २ ,२०७७ बाँके : बाँके जिल्लामा शुुक्रबार एकैदिन ६० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहनु भएकाहरु मध्ये शुक्रबार ६० वर्षिय एक महिलासहित ६० जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भदौ १८ गते संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेससन रहनु भएका जिल्लाका १९ महिला र ४१ पुरुष गरी ६० जनालाई १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि निको भएको प्रमाणपत्र दिएर घर पठाईएको जानकारी दिए ।
शुक्रवार निको भएर फर्किनु भएका ६० जनासंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १९२ पुगेको बताए ।