
असोज २, २०७७ काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो सचिवालयका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा मा बसेका छन्।
देउवाको निजी सचिवालयका एक जनामा कोरोना पुष्टि भएपछि देउवा होम क्वारेन्टाइनमा बसेका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
सचिवालयका सदस्यमध्ये पाँच जनाको स्वाब परीक्षण गरिएको थियो। पाँचमध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको हो। सभापति देउवाको स्वाब परीक्षण गरिने स्वकीय सचिव देउवाले बताए।






