बाँकेमा एक संक्रमितको मृत्यु

0
299

असोज २, २०७७ बाँके :  कोरोना संक्रमण भएका थप एक जनाको बिहीबार मृत्यु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका–१ का ४५ वर्षीय पुरुषको बिहीबार बेलुका ५ः१० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई २९ भदौमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बुधबार भेन्टिलेटर सहितको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो।

SHARE