१२ सय ४६ जनामा कोरोना पुष्टि

0
271

असोज १, २०७७ काठमाडौं : देशका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिए। हाल देशभरमा १६ हजार २४१ सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमण मुक्त भएका छन्।

SHARE