अवैध बाटो भएर भारत जाँदै गरेका ५४ जनाको उद्धार

0
446

असोज १, २०७७ नेपालगन्ज ः अवैध बाटो भएर भारततर्फ लुकीछिपी जाँदै गरेका ५४ जना नेपाली मजदुरहरुलाई बाँके प्रहरीले सीमा नाकाबाट उद्धार गरेको छ।

रुकुम, जाजरकोट बर्दिया, बाँके र दैलेखका मजदुरहरु नेपालगन्जमा जम्मा भई मध्यरातमा नेपालगन्जबाट पूर्वी क्षेत्रमा पर्ने खडैचा नाका हुँदै भारततर्फ जाँदै गरेका थिए।
नेपाली मजदुरसँग जनही ६ हजार देखि १० हजारसम्म रकम लिएर भारतको सिमलासम्म पुराउने गिरोहका २ जनालाई पनि बाँके प्रहरीले नियन्त्रणमा लिएको पक्राउ पर्नेमा भारतमा गाडी चलाउने अमर गन्धर्व र नेपालगन्जका शेराज अहमद राई रहेका छन्। दुवैलाई हिरासतमा राखेर प्रहरीले छानबिन थालेको छ।

SHARE