प्रदेश ५ मा संक्रमितको संख्या २ हजार नजिक

0
547

भदौ ३१,२०७७ रुपन्देही :रुपन्देहीमा बुधबार थप ४० जनामा कोरोना भाइरसको संक्रति थपिएसंगै २ हजार नजिक पुगेको छ । संक्रमण जस मध्ये ६० प्रतिशत अर्थात ११०० जना कोरोना मुक्त भएका छन् ।

रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ६१ पुगेको हो।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४ सहित ४० जना संक्रमित थपिएका छन्।

जसअनुसार सैनामैना नगरपालिकाका ६ जना, सिद्धार्थनगर नगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकाका ४ जना र सियारी गाँउपालिकाका १ जना गरी ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।रुपन्देहीमा १ हजार १ सय जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ।
रुपन्देहीमा बुधबारसम्ममा ७ सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

SHARE