शल्यक्रियापछि कोरोना पुष्टि

0
279

भदौ ३१, २०७७ कास्की : कास्कीको पोखरामा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा बन्द गरिएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया महिलाको गत भदौ २७ गते शल्यक्रिया गरेर बच्चा निकालिएको थियो।
उनको अवस्था जोखिमपूर्ण रहेकोले कोरोना सङ्क्रमण रहेको वा नरहेको भनी थाहा नभए पनि सोही दिन नै आकस्मिक रूपमा शल्यक्रिया गर्नुपरेको थियो। शल्यक्रिया गरेको भोलिपल्ट भदौ २८ मा उनको स्वाब परीक्षणको लागि पठाइएकोमा भदौ ३० गते मङ्गलवार उनमा कोरोना सङ्क्रमण पोजेटिभ रहेको पाइएको छ।

SHARE