बिजुलीको पोलबाट खस्दा पर्बतमा कर्मचारीको मृत्यु

0
226

भदौ ३०, २०७७ पर्वत : पर्वतमा पोलबाट खस्दा नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।

सोमबार साँझ कुश्मा नगरपालिका–७ खरेहामा विद्युत मर्मतका लागि काम गरिरहेका बेला ३५ वर्षीय भोलाराम शर्मा पोलबाट खसेर ढुंगामा बज्रिएका थिए। उपचारका लागि पर्वत अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिएका छन्‌।

बागलुङ नगरपालिका–१ रामरेखा घर भएका शर्मा नेपाल विद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए। आइतबार रातीको अविरल वर्षापछि सदरमुकाम कुश्माका विभिन्न ठाउँमा विद्युतका पोल तथा तारमा क्षति पुगेको थियो।

SHARE