अन्तर्राष्ट्रिय सीमा नाका असोजभर बन्द रहने

0
612
फाइल फोटो

भदौ ३०, २०७७ काठमाडौं : कोरोना भाइरसको बढ्दो जोखिमबीच सरकारले अन्तर्राष्ट्रिय सीमानाका असोजभर बन्द नै राख्‍ने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतमा कोरोना भाइरसको फैलँदो संक्रमणलाई देखेर सीमानाका असोजभर बन्द नै राख्‍ने निर्णय लिएको हो।
आन्तरिक रुपमा जनजीवन सामान्य बनाउँदै जान हवाई उडान र लामो दूरीका गाडी खोल्ने निर्णय भएको छु, एकजना मन्त्रीले भने, तर अन्तर्राष्ट्रिय सीमानाका असोजभरलाई बन्द नै राख्‍ने निर्णय गरिएको छ।
सरकारले नेपालीको आवातजावतका लागि यसअघि नै देशका मुख्य २० वटा नाका निर्धानरण गरिसकेको छ।
भारतमा पछिल्लो समय दैनिक ८० देखि ९० हजारको दरमा कोरोना संक्रमित भेटिन थालेको अवस्थामा सीमानाका बन्द नै राख्‍ने निर्णय सरकारले लिएको हो।

SHARE