आज ११ सय ७० जनामा संक्रमण पुष्टि

0
406

भदौ २९, २०७७ काठमाडौं : नेपालमा सोमबार थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १० हजार ८७८ वटा पिसिआर परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ।
हाल देशभरमा १५ हजार ३९३ सक्रिय संक्रमित छन्।

SHARE