कपिलबस्तुमा कोरोनाले लियो आमा छोराको ज्यान

0
392

भदौ २९, २०७७ कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमणबाट छोराको मृत्यु भएको १७ दिनपछि आमाको पनि कोरोनाबाटै मृत्यु भएको छ।

मायादेवी गाउँपालिका–७ हर्नामपुर लालपुरका ६५ वर्षीय महिलाको आइतबार बिहान मृत्यु भएको हो। उनलाई भदौ २५ गते झाडापखाला लागेपछि उपचारका लागि युनिभर्सल कलेज मेडिकल शिक्षण अस्पताल भैरहवा लगिएको थियो।
उच्च रक्तचापसमेत रहेका उनमा उपचारकै क्रममा पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। ती महिलाको छोराको भदौ ११ मा कोरोना संक्रमणका कारणले मृत्यु भएको थियो।

उच्च ज्वरो आएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएका उनको त्यही मृत्यु भएको थियो।

SHARE