होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु

0
440

भदौ २८,२०७७ चितवन : चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए। उनको आज बिहान ६ बजे मृत्यु भएको हो।
दीर्घ रोगी उनको भदौ ११ गते नमूना संकलन गरिएको थियो। भदौ १५ मा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन्। यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो।

SHARE