आज ९ सय नेपाली स्वदेश फकिँदै

0
299
फाइल फोटो

भदौ २८, २०७७ काठमाडौं : आज अन्तर्राष्ट्रिय उडान तथा चार्टर विमान मार्फत झन्डै ९०० जना नेपाली स्वदेश फर्किदैछन्।

मलेसिया , युएई, चाइना र कुवेतबाट गरी ८९० जना आउन लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। मलेसियाबाट हिमालय एयरको उडानबाट १५४ जना आउँदैछन्। युएईबाट तीनवटा विमान मार्फत ५५० भन्दा धेरै नेपाली आउन लागेका प्राधिकरणले जनाएको छ।
नेपाल एयरलाइन्समार्फत २६६, इतिहाद एयरको उडानमार्फत १३० र एयर अरेबिया मार्फत १६८ जना आउन लागेका छन्। कुवेतबाट जजिरा एयरबाट १६२ र चाइनाबाट एयर चाइना मार्फत १० जना आउन लागेका प्राधिकरणले जनाएको छ।

SHARE