बागलुङमा पहिरो, बृद्धको मृत्यु

0
336
फाइल फोटो

भदौ २८, २०७७ बागलुङ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुर्दा एक बृद्धको मृत्यु भएको छ।

कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो। उनका ७० वर्षीय श्रीमान मणिभद्र पाध्या गम्भीर घाइते भएका छन्। पाध्यालाई स्थानीयले पहिरोबाट उद्धार गरेका थिए।

बागलुङ कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तार जालीसहितको पहिरोले टुनीवोटका ३ घरमा क्षति पुर्‍याएको स्थानीय केदार पौडेलले बताए। आइतवार बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्‍याएको छ।
यसै गरी जैमिनी नगरपालिका–५ बिनामारेको सिम्लेमा पहिरोले एक घर पुरेको छ।

सिम्लेका निलकण्ठ पौडेलको घर पहिरोले पुर्दा परिवारका ६ जना गम्भीर घाइते भएका छन्। पहिरोमा परी पौडेलकी आमा ७० वर्षीया जालपा देवि पौडेल बेपत्ता भएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।

SHARE