
भदौ २८, २०७७ काठमाडौं : सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाका अनुसार नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको मृत्यु र १६ जना बेपत्ता भएका छन्। ६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको सापकोटाले बताए।
यस्तै भीरखर्कमा २ घर पहिरोले पुरिएको ठाउँमा २२ वर्षीया जुनु विकको शव भेटिएको छ। ६ जना बेपत्ता भएका छन् । अहिले स्थानीय र प्रहरी उद्धारमा खटिएका नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए।







