कोरोनाबाट शनिवार १४ जनाको मृत्यु

0
306

भदौ २७,२०७७ काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ जनासहित १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ पुरुष र ३ महिलाको मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ ।

SHARE