विराटनगरमा संक्रमणका कारण वृद्धको मृत्यु

0
351

भदौ २७, २०७७ विराटनगर :  कोरोना भाइरसको संक्रमणका कारण शनिबार विराटनगरमा थप एक जनाको मृत्यु भएको छ।

कोसी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो। भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका डा दीपक सिग्देलका अनुसार मृतकमा सुगर र प्रेसरको समस्या थियो।

SHARE