पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक सञ्चालनमा आयो

0
276

भदौ २६,२०७७ चितवनः पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।

शुक्रबार विहान ८ चितवनको इच्छाकामना–६ चारकिलो नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । पहिरो खसेपछि प्रहरी सडक डिभिजन कार्यालयको सहयोगमा पहिरो पन्छाएर एकतर्फी बाटो खुला गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले भन्नु भयो विहान खसेको पहिरो पन्छाएर १० बजे एकतर्फी खुला गरिएको थियो । शुक्रबार दिउसोबाट दुइ तर्फि यातायात सञ्चालनमा आएको जानकारी दिए ।

रातिदेखि परेको वर्षाको कारण मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । दुइदिन अगाडि मात्रै सोही सडक खण्डको भतेरीमा पहिरो खसेर केही घण्टा सडक अवरुद्ध भएको थियो ।

SHARE