
भदौ २६, २०७७ कास्की : गण्डकी प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशका नवलपरासी बर्दघाट सुस्तापूर्व कास्की, पर्वत, तनहुँ लमजुङ र स्याङ्जाका विभिन्न स्थानीय तहमा संक्रमित रहेको पुष्टि भएको हो। गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको तीन विज्ञप्तिमा कास्कीका १२ जना, नवलपरासी बर्दघाट सुस्तापूर्व ३३ जना, तनहुँका ११ जना, पर्वतका २ जना, लमजुङका ५ जना र स्याङ्जाका २ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या २ हजार ७ सय ९५ पुगेको छ। क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेज र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका प्रयोगशालामा उनीहरुको जाँच भएको थियो।






